ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

पहिलो त्रैमासमा प्राइम लाइफ इन्स्योरेन्सले कमायो १२ करोड २५ लाख नाफा 

२०७८ मंसिर, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । 

उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा रू. १२ करोड २५ लाख ७५ हजार नाफा कमाएको हो । यो नाफा गत आवको पहिलो त्रैमासको तु्लनामा १ दशमलव ४९ प्रतिशत वृद्धि भएको हो । गत आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू.१२ करोड ७ लाख ७४ हजार नाफा कमाएको थियो । त्यसैगरी कम्पनीको आम्दानी गत आवको तुलनामा चालू आवमा ११ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. १५ करोड ७० लाख ३० हजार आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १७ करोड ५४ लाख ९१ हजार पुगेको हो । 

चुक्तापूँजी रू. २ अर्ब ४१ करोड ७० लाख रहेको उक्त कम्पनीले जगेडामा रू. ८० करोड २९ लाख ३९ हजार सञ्चित गरेको छ । त्यसैगरी जीवन बीमा कोषमा रू. १५ अर्ब ७२ करोड ४६ लाख सञ्चित रहेको छ । गत आवको तुलनामा चालू आवमा जीवन बीमा कोष २७ प्रतिशत वृद्धि भएको हो । 

त्यसैगरी कम्पनीले चालू आवमा रू. १ अर्ब १८ करोड ३३ लाख कुल बीमाशुल्क आर्जन गरेको  छ । यो बीमाशुल्क गत आवको तुलनामा ९ दशमलव  ८ प्रतिशतले वृद्धि भएको हो । 
गत आवमा कम्पनीले रू. १ अर्ब ७ करोड ७४ लाख बीमाशुल्क आर्जन गरेको थियो ।

चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २० दशमलव २८, मूल्य आम्दानी अनुपात ४१ दशमलव ३१ गुणा र प्रतिशेयर नेटवर्थ रू. १४० दशमलव १५ रहेको छ । 

यो पनि हेर्नुस् :

तेस्रो त्रैमाससम्ममा प्राइम लाइफ इन्स्योरेन्सको बीमाशुल्क ३ अर्बभन्दा बढी

प्राइम लाइफ इन्स्योरेन्सद्वारा १५ % लाभांश वितरण गर्ने प्रस्ताव

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्