ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

हालैमात्र आईपीओ जारी गरेको मानुषी लघुवित्तले कमायो २४ लाख २४ हजार नाफा 

२०७८ मंसिर, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १, काठमाडौं । हालैमात्र आईपीओ जारी गरेको मानुषी लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । 

उक्त वित्तीय विवरण अनुसार गत आवको पहिलो त्रैमासमा रू. १३ लाख ५९ हजार घाटामा रहेको उक्त कम्पनी चालू आवको सोही अवधिमा सुधारिएर रू. २४ लाख २४ हजार धनात्मक भएको छ । 

चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएको  र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । 

चुक्तापूँजी रू. १० करोड ९३ लाख ७५ हजार रहेको उक्त कम्पनीले जगेडामा रू. ४ करोड ३१ लाख ७१ हजार सञ्चित गरेको छ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ४४ करोड ८० लाख सापटि लिएर,रू. ६७ करोड ६२ लाख निक्षेप संकलन गरेर रू. १ अर्ब २० करोड ७४ लाख ७५ हजार कर्जा लगानी गरेको छ । 

सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू.८ दशमलव ८६(वार्षिक),मूल्य आम्दानी अनुपात ४३ दशमलव ३६,तरलता अनुपात ५ दशमलव ९१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३९ दशमलव ४७ रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्