ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

आइसीएफसी फाइनान्ससहित ५ ओटा कम्पनीको शेयरमा उच्च खरीद माग 

२०७८ मंसिर, १  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको साढे २ घण्टाको अवधिमा आइसीएफसी फाइनान्ससहित पाँच ओटा कम्पनीको शेयरमा उच्च खरीद माग रहेको छ ।

कारोबारमा आएका २१८ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ । आइसीएफसी फाइनान्स, गुडवील फाइनान्स,ग्लोबल आइएमई समुन्नत स्किम - १, एनआईसी एशिया ब्यालेन्स फण्ड र महालक्ष्मी विकास बैंकको धितोपत्रमा उच्च खरीद माग रहेको हो । 

ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी गुडवील फाइनान्सको धितोपत्रमा १३ लाख ५६ हजार ५७ कित्ता धितोपत्र खरीद माग रहेको छ ।
 

त्यसैगरी ग्लोबल आइएमई समुन्नत स्किम - १ को ११ लाख ६४ हजार ८२० इकाई, आइसीएफसी फाइनान्सको ६ लाख २१ हजार १७२ कित्ता,एनआइसी एशिया ब्यालेन्स फण्डको ६ लाख ११ हजार इकाई र महालक्ष्मी विकास बैंकको ४ लाख ६३ हजार ५२१ कित्ता शेयर खरीद माग रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्