ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

‘खल्ती’ को सीईओमा विनय खड्का नियुक्त

२०७८ मंसिर, १  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १, काठमाडौं । नेपालको डिजिटल भुक्तानी सेवा प्रदायक (पीएसपी) ‘खल्ती’ ले विनय खड्कालाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको गरेको छ।

२७ वर्षिय उनी नेपालको फिनटेक उद्योगमा सबैभन्दा कम उमेरका सीईओ भएका छन्।  उनले व्यवस्थापन समितिसँग मिलेर ‘खल्ती’ को वित्तीय र डाटा सुरक्षालाई प्राथमिकता दिएर काम गर्ने बताएका छन् ।  

उनले कम्पनीलाई थप सुविधा र सहजताका साथ व्यक्तिगत वित्तीय व्यवस्थापन प्लेटफर्ममा परिणत गरी भुक्तानीका लागिमात्र प्रयोग हुने दायराभन्दा बाहिर लैजान चाहेको पनि बताएका छन् ।

सीईओ नियुक्तिका अवसरमा ‘खल्ती’ का सहसंस्थापक अमित अग्रवालले  ‘खल्ती’ मा नयाँ लिडरसँगै ‘खल्ती’ नयाँ उचाइमा पुग्नेछ भन्नेमा विश्वस्त रहेको बताए । 

खल्ती डिजिटल वालेट नेपालको पेमेन्ट गेटवे हो। जसबाट समय बचत हुनुका साथै भुक्तानी र बैंकिङ कारोबार सहजका साथै सरलमाध्यमले हुने गरेको छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ।  ‘खल्ती’ का प्रयोगकर्ताको संख्या २० लाखभन्दा बढी छन्।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्