ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

प्रदेश नं १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत 

२०७८ मंसिर, १  
प्रदेश ०१
Image Not Found

मंसिर १, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले बुधवार विश्वासको मत प्राप्त गरेका छन् । उनको पक्षमा पाँच राजनीतिक दलका गठबन्धनका ५० र विपक्षमा नेकपा (एमाले) का ४१ सांसदमध्ये सदनमा उपस्थित बहुमत सदस्यले मतदान गरेका थिए ।

गठबन्धनमा नेपाली कांग्रेसको २१, नेकपा (माओवादी केन्द्र) का १५, नेकपा (एकीकृत समाजवादी) का १०, जनता समाजवादी पार्टी नेपालका तीन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका एक सदस्यले मुख्यमन्त्री राईको पक्षमा मतदान गरेका थिए ।

नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ को उपनियम (४) बमोजिम मुख्यमन्त्री राईले सभामा विश्वासको मतका लागि सदनमा प्रस्ताव पेश गर्दै सभामा सहभागी सबै राजनीतिक दलका सदस्यसँग पक्षमा मत मागेका थिए । 

मुख्यमन्त्री राईले राजनीतिक परिस्थितिले संविधान र जनताका अधिकारलाई कमजोर बनाउने काम भएकाले वर्तमान गठबन्धन बनेको जिकिर गर्दै परिवर्तनको सम्वाहक यो सरकारले संविधानको रक्षा गर्ने कुरामा जोड दिए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्