ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

थप ४१२ जनामा कोरोना संक्रमण, २०२ जना संक्रमणमुक्त

२०७८ मंसिर, १  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १० हजार १०६ जनाको पीसीआर परीक्षण गर्दा ३६३ जना र १ हजार ८८७ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जना गरी ४१२ कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै सोही अवधिमा देशभर १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बुधवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४८३ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६३६ पुगेको छ । यसैगरी, बुधवार २०२ जना निको भएसँगै हालसम्म ७ लाख ९८ हजार ९१६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्