ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

फर्स्ट माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार

२०७८ मंसिर, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार (कात्तिक २ गते) सम्म रहेको छ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर ५ गते बुक क्लोज गर्ने भएसँगै मंसिर २ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी मंसिर १६ गते साधारण सभा बोलाएको छ । सभा अम्रपाली ब्याङ्क्वेट, भाटभटेनीमा साधारण सभा आयोजना गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्