ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

नेपाल बङ्गलादेश बैंकको २७औं साधारण सभा बिहीवार हुँदै

२०७८ मंसिर, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १, काठमाडौं । नेपाल बंगलादेश बैंकको २७औं वार्षिक साधारण सभा बिहीवार (मंसिर २ गते) हुँदैछ ।

सभा जुम माध्यमबाट कम्पनीको रजिष्टर्ड कार्यालय कमलादीमा दिनको ३ बजेदेखि शुरु हुने कम्पनीले जानकारी गराएको छ । सभाले १२ प्रतिशत बोनस शेयर र ३ दशमलव ५० प्रतिशत नगद लाभांश कर समेत गरेर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आगामी ४ वर्षको लागि संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका कात्तिक १५ गते बन्द भइसकेको छ । यस आधारमा कात्तिक १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्