ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

आरम्भ चौतारीको कम्पनी सचिवमा शिव प्रसाद ज्ञावाली नियुक्त

२०७८ मंसिर, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १, काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले कम्पनी सचिवमा नायव कार्यकारी अधिकृत शिव प्रसाद ज्ञावालीलाई नियुक्त गरेको छ ।

कम्पनीको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले मंसिर १ गतेदेखि लागू हुने गरी कम्पनीका नायव कार्यकारी अधिकृत शिव प्रसाद ज्ञावालीलाई नियुक्त गरेको नेप्से मार्फत जानकारी गराएको छ ।

साथै, कम्पनीले रित्त रहेको सञ्चालक पदमा विनोद ज्ञावालीलाई नियुक्त गरेको छ । कम्पनीको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी संस्थापक समूहका विनोद ज्ञवालीलाई सञ्चालकमा मनोनयन गरेको हो ।

त्यसैगरी, कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक पुष्पराज ढकालले दिएको राजिनामा पनि स्वीकृत गरेको नेप्से मार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्