ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

अपर स्याङ्गे हाईड्रोपावरद्वारा आईपीओ निष्कासन गर्न प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल नियुक्त

२०७८ मंसिर, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १, काठमाडौं । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले स्थानियबासी तथा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले  ८ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्न प्रभु क्यापिटल लिमिटेडलाई शेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको हो । उक्त नियुक्ति सम्बन्धी सम्झौता बुधवार उक्त कम्पनीकोतर्फबाट कार्यकारी अध्यक्ष बिर बहादुर घले तथा प्रभु क्यापिटलकातर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गाउँपालिका- ४, स्याङ्गेनदीमा २ दशमलव ४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीको भौतिक कार्य अन्तिम चरणमा रहेको र आईपीओ निष्कासनको अनुमतिको लागि विद्युत् नियमन आयोगमा आवेदन दिने तयारीमा रहेको कम्पनीका कार्यकारी अध्यक्ष घलेले बताएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्