ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

कार उत्पादन घटेसँगै जापानको निर्यात सुस्तायो 

२०७८ मंसिर, १  
अन्तरराष्ट्रिय
Image Not Found

मंसिर १, टोकियो । आपूर्ति श्रृंखलामा उत्पन्न संकटका कारण मोटर उद्योग मारमा परेसँगै जापानको निर्यात सुस्ताएको छ । 

अक्टोबरमा निर्यात ९ दशमलव ४ प्रतिशतले मात्रै बढेको छ । यो आठ महीना यताकै न्यून वृद्धि हो । त्यस्तैगरी यो प्रक्षेपण गरिएको भन्दा कम हो । योसँगै लगातार सात महीनादेखि निर्यातमा दोहोरो अंकको वृद्धिको क्रम तोडिएको छ । विशेष गरी कारको निर्यातमा आएको कमीका कारण निर्यात प्रभावित भएको हो । 

सन् २०२० को सोही अवधिको तुलनामा अक्टोबरमा कारको निर्यात करीब ३७ प्रतिशतले घटेको छ । जापानको सबैभन्दा ठूला दुई ओटा व्यापार साझेदार चीन र अमेरिकातर्फको निर्यात करीब आधाले घटेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । 

आयात अपेक्षाकृत सुस्त अर्थात् २६ दशमलव ७ प्रतिशतले बढेको छ ।आपूर्ति श्रृंखलामा देखिएको समस्याका कारण यस वर्ष विश्वभरका अर्थतन्त्र प्रभावित भएका छन् । विशेषगरी कम्प्युटर चिपको अभावका कारण कार निर्माता कम्पनीहरु मारमा परेका छन् । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्