ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

सिभिल बैंकको अध्यक्षमा प्रताप जंग पाण्डे सर्वसम्मत चयन  

२०७८ मंसिर, १  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १, काठमाडौं । सिभिल बैंक लिमिटेडको अध्यक्षमा प्रताप जंग पाण्डे चयन भएका छन् ।

बुधवार बसेको कम्पनीको सञ्चालक समितिको ३६२ औं बैठकले पाण्डेलाई कम्पनीको अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

सर्वसम्मत रुपमा कम्पनीको अध्यक्ष पदमा चयन गरी थप जिम्मेवारी प्रदान गरेकोमा उनले सबै सञ्चालकहरुलाई धन्यवाद दिएका छन् । साथै उनले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन तथा बैंकको उच्च व्यवस्थापन तथा समग्र कर्मचारीहरुलाई उच्च मनोवलका साथ कार्य गरी बैंकलाई थप सबल र समृद्ध बनाउनेतर्फ विशेष ध्यान दिने बताए । 

उनले शेयरधनी लगायत समग्र पक्षको भावना अनुरुप अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै ग्राहकलाई नवीनतम सेवा तथा सुविधाहरु प्रदान गर्नेतर्फ बैंकको प्राथमिकता रहनेमा पनि जोड दिए ।

कम्पनीका तत्कालीन अध्यक्ष इच्छाराज तामाङ सहकारी ठगी मुद्दामा पक्राउ परेपछि अर्को अध्यक्ष चयन गरिएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्