ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

राष्ट्र बैंक अटोमेसनमा जान ढिलाइ

२०७८ मंसिर, २  
१० वर्ष अघि
NA

मुलुकका बैंक तथा वित्तीय संस्थाहरूले कम्प्युटर नेटवर्कमार्फत् नेपाल राष्ट्र बैंकमा जानकारी पठाउने सुविधा उपयोग गर्न थप समय लाग्ने भएको छ । रियल टाइम रिपोर्टिङ (कारोबार गर्नासाथै राष्ट्र बैंकमा जानकारी हुने) को प्रोटोकल निर्माण गर्न प्रस्तावित अहिलेसम्मकै सबैभन्दा आधुनिक प्रविधियुक्त जीएल (जेनरल लेजर) प्रणाली जडान गर्ने बैंकको योजना कार्यान्वयन हुन सकेको छैन । बैंकले गत चैत ३० गते ईओआई ( एक्प्रेसन अफ इन्ट्रेस्ट) का लागि सूचना प्रकाशन गरेको थियो ।

प्रकाशन मितिले ४५ दिन कार्यदिन भित्रमा इच्छुक कम्पनीबाट निवेदन आइसक्नुपर्ने र यसपछि आएका निवेदनलाई मान्यता नदिने पनि उक्त सूचनामा उल्लेख छ । तर ३ हप्ता बितिसक्दा अहिलेसम्म एउटा पनि निवेदन नआएको राष्ट्र बैंक आईटी विभागका निर्देशक शिवराज श्रेष्ठले जानकारी दिएका छन् । अटोमेसन बैंकले आफ्नै बजेटबाट गर्न लागेको हो । यसका लागि जडान गर्ने भनिएको अत्याधुनिक जीएल सफ्टवेयर बनाउन कुनै पनि नेपाली कम्पनीहरू सक्षम नभएकाले अहिलेसम्म एउटा पनि निवेदन नआएको हुन सक्ने श्रेष्ठको भनाइ छ । सफ्टवेयर जडानका लागि ठेक्का पाउने कम्पनीले १२ महिनाभित्रमा राष्ट्र बैंकलाई जीएल प्रणाली हस्तान्तरण गर्नुपर्ने पनि ईओआईमा उल्लेख छ । ईओआई अन्तर्राष्ट्रिय कम्पनीहरूबाट समेत आह्वान गरिएको छ । तर नेपाली कम्पनीहरूले सफ्टवेयर बनाउनै नसक्ने र अन्तर्राष्ट्रिय कम्पनीहरूको सपमे यसमा अहिलेसम्म कुनै चसो नदेखिनुले राष्ट्र बैंक अटोमेसन प्रक्रिया भनिएकै समयमा सम्पन्न हुनसक्ने कुरामा शंका उत्पन्न भएको छ ।  

वर्ष ५, अंक ३५, २०६७, वैशाख २०–२६

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्