ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

साधारण सभा र लाभांश प्रयोजनको लागि प्राइम लाइफ इन्स्योरेन्सको मंसिर १० गते बुक क्लोज

२०७८ मंसिर, २  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर २, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर १० गते बुक क्लोज गर्ने भएको छ ।

यस आधारमा मंसिर ९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले आव २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र रू.१ करोड ९० लाख ८२ हजार २९ नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी मंसिर १९ गते १४औं वार्षिक साधारण सभा बोलाएको जानकारी गराएको छ । कम्पनीको कात्तिक २३ गते बिहान १० बजे बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्