ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

२१.०५% लाभांश पारित गर्न मेरो माइक्रोफाइनान्सले बोलायो नवौं साधारण सभा

२०७८ मंसिर, २  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर २, काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले मंसिर २४ गते नवौं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा होटल वाटर टावर, बट्टार नुवाकोटको सभाकक्षमा बिहान ११:३० बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।

सभामा गत वर्षको नाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु सभाका लागि तय भएका छन् ।

सभा प्रयोजनका लागि कम्पनीले मंसिर ९ देखि २४ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । बुक क्लोजको आधारमा मंसिर ८ गतेसम्मका कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्