ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

सबैभन्दा बढी आयकर तिर्ने नबिल बैंक छैटौं पटक सम्मानित

२०७८ मंसिर, २  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष ०७६/०७७ मा बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी कर्पाेरेट ट्याक्स तिर्ने नबिल बैंकलाई सम्मान गरेको छ । बैंकले सरकारलाई गत आर्थिक वर्षमा १ अर्ब ६७ करोड रुपैयाँ कर तिरेको थियो । विभागले बुधबार कर दिवस अवसर पारेर बैंकहरूमध्ये सबैभन्दा बढी कर्पाेरेट ट्याक्स तिर्ने सूचीमा परेको नबिल बैंकलाई सम्मान गरेको हो ।

योसहित नबिल बैंक छैटौं पटक सम्मानित भएको हो । हालसम्म सरकारलाई १६ अर्ब १२ करोड रुपैयाँ’ कर बुझाएको बैंकले बताएको छ । यो बैंकको कुल पुँजीको १ दशलमव १६ गुणा बढी हो । बैंकले हाल १३५ शाखा,  १८९ एटीएम, १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्