ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

तथ्यांकोवाच : रू. ५७ करोड ७९ लाख बराबरको शल्यक्रियाका पञ्जा आयात

२०७८ मंसिर, २  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा रू. ५७ करोड ७९ लाख बराबरको शल्यक्रियाका पञ्जा आयात भएको छ । विगत १३ वर्षको तथ्यांक हेर्दा शल्यक्रियाका पञ्जा आयातको औसत वार्षिक वृद्धिदर ३२ दशमलव ५४ प्रतिशत देखिन्छ । आयातको यस प्रवृत्तिले मुलुकभित्र शल्यक्रियाका पञ्जा उद्योग सञ्चालनको सम्भावना देखिएको छ  । रबर खेतीको विस्तार तथा रबरमा आधारित उद्योगको स्थापना, स्तरोन्नति, उद्योगलाई कर छूट, प्रोत्साहन तथा उद्योगमैत्री वातावरणको सृजना गर्ने हो भने शल्यक्रियाका पञ्जा उत्पादनमा मुलुक केही समयभित्र आत्मनिर्भर हुन सक्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्