ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

युनिलिभर नेपालद्वारा नगद लाभांश बैंक खातामा पठाउन शुरु

२०७८ मंसिर, २  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर २, काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत कात्तिक ११ गते २८ औं वार्षिक साधारण सभाबाट पारित गरेको नगद लांभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको छ ।

कम्पनीले यस वर्ष प्रतिकित्ता रू. ६५० का दरले नगद लाभांश वितरण गरेको हो । उक्त नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गरिसकेका शेयरधनीहरुको हकमा मंसिर १ गतेदेखिनै जम्मा गर्न शुरु गरिएको कम्पनीले बताएको छ ।

यसका साथै हालसम्म पनि बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई यथाशिघ्र गराई आफ्नो नगद लाभांश प्राप्त गर्न पनि कम्पनीले भनेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि असोज २५ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असोज २४ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त लाभांश प्राप्त गर्नेछन् । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्