ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

पहिलो त्रैमासमा महिला लघुवित्तले कमायो २ करोड ८६ लाख नाफा 

२०७८ मंसिर, २  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर २, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । 

उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा रू. २ करोड ८६ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ४४ प्रतिशतले वृद्धि भएको हो । 

गत आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. १ करोड ९८ लाख ८५ हजार नाफा कमाएको थियो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।

साथै कम्पनीले सो अवधिमा रू. २ करोड ६१ लाख २४ हजार खराब कर्जा उठाएकाले पनि नाफा बढ्न टेवा पुगेको हो । चुक्तापूँजी रू. १० करोड रहेको  उक्त कम्पनीले जगेडामा रू. २२ करोड ८९ लाख ४० हजार सञ्चित गरेको छ ।

 त्यसैगरी कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा रू. २ अर्ब ३६ करोड ५५ लाख ४४ हजार सापटि लिएर, रू.१ अर्ब १ करोड ५८ लाख ७७ हजार निक्षेप संकलन गरेर रू. ३ अर्ब  ६५ करोड ३७ लाख ८१ हजार कर्जा लगानी गरेको छ  । 

उक्त अवधि सम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू.११४ दशमलव ७१, मूल्य आम्दानी अनुपात ४५ दशमलव ३४ गुणा र प्रतिशेयर नेटवर्थ रू.३२८ दशमलव ९४ रहेको छ । 
 

यो पनि हेर्नुस् :

महिला लघुवित्तले संशोधन गर्‍यो लाभांश, बोनस शेयरमा जोड

महिला लघुवित्तको चौथो त्रैमाससम्मको नाफा ९ करोडभन्दा बढी

महिला लघुवित्तको खुद नाफा ११२.६६ % ले वृद्धि, ८६ करोडभन्दा बढी निक्षेप संकलन

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्