ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर        

२०७८ मंसिर, २  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर २, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बिहीवार सामान्य उतारचढाव रहेको छ ।

यो दिन छापावाल सुनको मूल्य प्रतितोला २०० ले बढेर ९४ हजार ५०० रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।     
     
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको बिहीवारको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन भने प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।     
     
त्यसैगरी यो दिन चाँदीको मूल्य भने अघिल्लो कारोबारमूल्यका तुलना स्थिर रहेको छ । अघिल्लो कारोबार दिन चाँदीको मूल्य प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्