ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

अपर तामाकोशीको सर्वाधिक रू. १८ करोडभन्दा बढीको शेयर खरीदविक्री 

२०७८ मंसिर, २  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर २, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको सवा एक घण्टाको अवधिमा अपर तामाकोशीको सर्वाधिक शेयर खरीदविक्री  भएको छ ।

कारोबारमा आएका २०८ ओटा धितोपत्रमध्ये उक्त कम्पनीको सर्वाधिक खरीदविक्री भएको हो । सो अवधिमा उक्त कम्पनीको रू. १८ करोड १ लाख २३ हजार बरावरको धितोपत्र खरीदविक्री भएको हो ।

 यो समाचार तयार पार्दाको १२ : २० बजेसम्ममा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.६९६ मा कारोबार भइरहेको छ । 

कम्पनीले चालू आवको पहिलो त्रैमासमा नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेसँगै मंगलवार र बुधवार शेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो । सोही कारण पनि यो दिन सर्वाधिक शेयर खरीदविक्री भएको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्