ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

ग्लोबल आइएमई समुन्नत स्किमसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

२०७८ मंसिर, २  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर २, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको साढे दुई घण्टाको अवधिमा ग्लोबल आइएमई समुन्नत स्किमसहित पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।

उक्त अवधिसम्ममा कारोबारमा आएका २१९ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको हो । 

ग्लोबल आइएमई समुन्नत स्किम - १, महालक्ष्मी विकास बैंक, एनआईसी एशिया ब्यालेन्स फण्ड,सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम - २ र अपर तामाकोशी हाइड्रोपावरको धितोपत्रमा उच्च खरीद माग रहेको हछ । 

ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी ग्लोबल आइएमई समुन्नत स्किम - १ को १२ लाख १२ हजार ८९१ इकाई खरीद माग रहेको छ । 

त्यसैगरी महालक्ष्मी विकास बैंकको ३ लाख ९३ हजार १८७ कित्ता, एनआईसी एशिया ब्यालेन्स फण्डको ३ लाख २९ हजार इकाई, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किमको ३ लाख ९ हजार ४०० इकाई र अपर तामाकोशी हाइड्रोपावरको १ लाख ६५ हजार ४०९ कित्ता धितोपत्र खरीद माग रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्