ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

१३.५ % लाभांश पारित गर्न ग्लोबल आइएमई बैंकले बोलायो १५ औं वार्षिक साधारण सभा

२०७८ मंसिर, २  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर २, काठमाडौं । ग्लोबल आइएमई बैंकले १५ औं वार्षिक साधारण सभा मंसिर २७ गते बोलाएको छ । 

कम्पनीले सभा बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने जानकारी दिएको छ ।सभाले १० प्रतिशत बोनस शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

सभाले कम्पनीको पूँजी वृद्धिका लागि प्रबन्धपत्र, नियमावली संशोधनको क्रममा नियमन कारी निकायहरुबाट कुनै फेरबदल,परिमार्जन गर्न वा मिलाउन कुनै सुझाव निर्देशन भएमा सोही अनुरुप आवश्यक कार्य गर्न सञ्चालक समिलिाई पूर्ण अख्यितारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

त्यसैगरी सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्त र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर १३ गते बन्द गर्ने बताएको छ । यस आधारमा मंसिर १२ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्