ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

थप २९९ जनामा कोरोना संक्रमण पुष्टि, २६० जना संक्रमणमुक्त*

२०७८ मंसिर, २  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर २, काठमाडौं ।  नेपालमा विगत २४ घण्टामा २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार  ७ हजार ६६३ ओटा पीसीआर परीक्षणमा २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी एन्टिजेन विधिद्वारा ३ हजार २८८ परीक्षण गर्दा २७ जनामा कोरोना पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ११ हजार १५१ परीक्षण हुँदा २९९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले बताएको छ ।यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १८ हजार ३०७ पुगेको छ । 

उक्त अवधिमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या २६० रहेको छ  । मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ११ हजार ४८९ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल मुलुकभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७ हजार ६३६ रहेको छ ।

*अद्यावधिक गरिएको

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्