ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

नेशनल पेमेन्ट स्विच सञ्चालनमा जोडिए २९ ओटा बैंक तथा वित्तीय संस्था

२०७८ मंसिर, २  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर २, काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल)ले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा एनसीएचएल र २९ ओटा बैंक तथा वित्तीय संस्थाहरु बीच बिहीवार सम्झौता भएको छ ।

 एनसीएचएल तथा सम्बन्धित बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुले सम्झौता पत्र आदानप्रदान गरेका हुन् । 
 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा डेपुटी गभर्नरद्वय नीलम ढुङ्गाना तिम्सिना, बम बहादुर मिश्र, नेपाल बैंकर्स संघ, डेभलप्मेन्ट बैंकर्स संघ तथा नेपाल फाइनान्सियल इन्स्टिट्युसन संघका अध्यक्षहरु, विभिन्न बैंक तथा वित्तीय संस्था एवम् भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थाका प्रमुख कार्यकारीहरुको उपस्थिति रहेको थियो ।  

नेशनल पेमेन्ट स्वीचको स्थापनाको लागी नेपाल क्लियरिङ्ग हाउसलाई गत आर्थिक वर्ष प्रारम्भिक स्वीकृती प्रदान गरिएकोमा पहिलो चरण कार्यान्वयनका लागि भने अन्तिम स्वीकृति कात्तिक महीनामा प्राप्त भएको हो ।

यसै क्रममा नेशनल पेमेन्ट स्वीचको कार्यान्वयनका लागि हालसम्म १८ ओटा वाणिज्य बैकहरु, पाँच ओटा  विकास बैंकहरु तथा छ ओटा फाइनान्स कम्पनीहरु गरी कुल २९ बैक तथा वित्तीय संस्थाहरुले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्यूआर स्ट्याण्डर्ड बमोजिम नेपाल पे क्यूआर तथा इन्टरनेटवर्क क्यूआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा ई–म्यान्डेटका उपकरणहरु, वालेट–वालेट बीच अन्तरआबद्धता, विभिन्न भुक्तानीका लागि बिलर गेटवे मार्फत अन्तरआबद्धता तथा पीएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरु उपलब्ध हुने छन् ।

उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रुपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन एपीआईमार्फत बैंक तथा वित्तीय संस्था तथा गैर बैंकिङ्ग संस्थाले आफ्नाग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्