ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

विश्व बैंकले रिड प्रोजेक्टका लागि साढे ९ अर्ब सहयोग गर्ने

२०७८ मंसिर, २  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर २, काठमाडौं । कृषि मन्त्रालयले विश्व बैंकसँग मिलेर ग्रामीण उद्यम र आर्थिक विकास (रिड) का लागि ९ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी गर्ने भएको छ ।

बिहीवार कृषिमन्त्री महेन्द्रराय यादव र विश्व बैंकका नेपाल, श्रीलंका र माल्दिभ्सका लागि कन्ट्री डाइरेक्टर फारिस हादाद जेरोभले प्रोजेक्टको संयुक्तरुपमा उद्घाटन गरेका छन् ।

उक्त परियोजनाले नेपालको कृषि क्षेत्रको विकास गर्दै उद्यमशिलताको विकास गर्ने लक्ष्य लिएको लिएको छ । सरकारले चार वर्षका लागि विश्व बैंकसँग उक्त रकम ऋणस्वरुप लिएर काम अगाडि बढाएको हो ।

उक्त प्रोजेक्ट पाँच ओटा आर्थिक करिडोरहरु प्रदेश नम्बर १ र २, बाग्मति, गण्डकी, लुम्बिनी र सुदूपश्चिम प्रदेशमा केन्द्रित हुनेछ । उक्त प्रोजेक्टबाट ५ हजार ७०० ओटा अल्पकालीन रोजगारी सृजना गर्ने समेत लक्ष्य लिइएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्