ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

मस्कमाथि जेपी मोर्गनले हाल्यो मुद्दा

२०७८ मंसिर, २  
अन्तरराष्ट्रिय
Image Not Found

मंसिर २, वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय लगानी बैंक जेपी मोर्गन चेजले अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकमाथि १६ करोड २० लाख डलर माग्दै मुद्दा हालेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले सन् २०१८ मा कम्पनीलाई प्राइभेट बनाउने भन्नेबारे गरेको ट्विटका लागि जेपी मोर्गनले मुद्दा हालेको हो । टेस्लाले शानदार ढंगले बैंकसँगको सम्झौता उल्लंघन गरेको आरोप जेपी मोर्गनले लगाएको छ ।

आफूले न्यूयोर्क शेयर बजारबाट टेस्लालाई बाहिर निकाल्न लगानी जुटाइरहेको भन्दै मस्कले गरेको सो ट्विटपछि कमपनीको शेयरमूल्य अस्थीर भएको थियो । उनको सो ट्विटका लागि अमेरिकी वित्तीय नियामकले मस्कलाई जरिवाना समेत तिराएको थियो । जेपी मोर्गनले मुद्दा म्यानह्याटनको संघीय अदालतमा हालेको छ ।

यसमा कम्पनीले सन् २०१४ मा टेस्लासँग एक सम्झौता गरेको र यसमा बैंकलाई त्यति बेला तय भएको मूल्य र समयमा टेस्लाको शेयर किन्ने अनुमति मिलेको मुद्दामा भनिएको छ ।

सम्झौता अन्तर्गत टेस्लाले वारेन्ट जेपी मोर्गनलाई बेचेको थियो । यसले ‘स्ट्राइक’ मूल्य सन् २०२१ को जुन र जुलाईमा वारेन्टको म्याद सकिदाँको बेला भन्दा टेस्लाको शेयरमूल्य न्यून भएमा बैंकले शेयर किन्ने सक्ने अनुमति दिएको थियो । मस्कले सन् २०१८ को अगष्ट ७ मा आफूले टेस्लालाई प्रतिकित्ता ४२० डलरमा प्राइभेट बनाउन सक्ने र यसका लागि चाहिने पैसा आफूले सुरक्षित गरेको ट्विट गरेका थिए । तर १७ दिनपछि उनले सो योजना खारेज गरे ।

यस वर्ष वारेन्टको म्याद सकिँदासम्म टेस्लाको शेयर मूल्य करीब १० गुणले बढिसकेको छ । यस मुद्दाबारे टेस्लाले अहिलेसम्म सार्वजनिक रुपमा केही बताइसकेको छैन । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्