ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

लाभांश प्रस्ताव पारित गर्न स्ट्याण्डर्ड चार्टर्डले बोलायो साधारण सभा

२०७८ मंसिर, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ३, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले  आगामी मंसिर २८ गते  ३५ औं वार्षिक साधारण सभा बोलाएको छ ।

 सभा काठमाडौंको नयाँबानेश्वरस्थित केन्द्रीय कार्यालयमा विहान १० बजेदेखि शुरु हुने छ । कम्पनीले कोभिड- १९ महामारीको विशेष परिस्थितिलाई ध्यानमा राखी भिडियो कन्फ्रेन्सको माध्यमबाट सभा आयोजना गरिने बताएको छ । सभाले गत  आवको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित  गर्नेछ ।

यसअघि कम्पनीले हाल कायम चुक्तापूँजीको १० प्रतिशतका दरले बोनस शेयर  तथा कर प्रयोजनका लागि ३ दशमलव शून्य ६ प्रतिशत नगद लाभांश गरी कुल १३ दशमलव शून्य ६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। साथै सभाले बैंकको प्रबन्धपत्रमा संशोधन स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले आगामी मंसिर १० गते बुकक्लोज गर्ने भएको छ। यस आधारमा मंसिर ९ गतेसम्म शेयरधनी बनेका लगानीकर्ताहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्