ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

दुई वाणिज्य बैंक सहित तीन ओटा कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा

२०७८ मंसिर, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ३, काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको दुई ओटा वाणिज्य बैंक सहित तीन कम्पनीको संस्थापक शेयर आज (शुक्रवार) देखि लिलामीमा आएको छ ।

प्रभु बैंकको ५० हजार कित्ता, नेपाल ग्रामीण विकास लघुवित्तको ३५ हजार कित्ता र प्राइम कमर्सियल बैंकको ६६ हजार ६७५ कित्ता संस्थापक शेयर मंसिर १० गतेसम्मका लागि लिलामीमा आएको हो ।

प्रभु बैंकको शेयरको मूल्य प्रतिकित्ता रू. २०५, नेपाल ग्रामीण विकास लघुवित्तको प्रतिकित्ता रू. ३५० र प्राइम कमर्सियल बैंकको प्रतिकित्ता रू. २२५ तोकिएको छ ।

यी शेयर खरीद गर्न चाहने विद्यमान संस्थापक शेयरधनी तथा अन्य जो कोहि व्यक्ति तथा संस्थाहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।

यी शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम २ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

यी शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्