ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

महालक्ष्मी विकास बैंकको ७ हजार ५८५ कित्ता संस्थापक शेयर विक्रीमा

२०७८ मंसिर, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ३, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ७ हजार ५८५ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।

कम्पनीले शुक्रवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो ।

कम्पनीले गत असोज २० गते सूचना प्रकाशित गरी कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुलाई उक्त शेयर खरीद गर्न आह्वान गरेकोमा उक्त शेयर खरीद गर्न संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त शेयर विक्री गर्न लागेको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक योग्य व्यक्ति वा संस्थाले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, दरवारमार्ग, काठमाडौंमा निवेदन पेश गर्न अनुरोध गरेको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्