ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

फर्मा ट्रयाक्टर सार्वजनिक

२०७८ मंसिर, ३  
बजार
Image Not Found

काठमाडौं (अस) । नेपाली बजारमा उन्नत प्रविधिको फर्मा ट्रयाक्टर लन्च गरिएको छ ।

नेपालका लागि फर्मा ट्रयाक्टरको आधिकारिक वितरक यती टेक्निक फार्म प्रालिले यो ट्रयाक्टर नेपाली बजारमा भित्र्याएको हो ।

कम्पनीका अनुसार ट्रयाक्टर २६एचपीदेखि १०० एचपीसम्मको उत्पादन दायरा, ह्वील ड्राइभ र फोरह्वील ड्राइभ कन्फिगरेसन दुवैमा उपलब्ध छ ।

ट्रयाक्टरमा बलियो संरचना, प्रोजेक्टर हेड ल्याम्प, पावर स्टे«यरिङ, आरपीटीओ, उच्च ग्राउन्ड क्लियरेन्स, आईओटी/टेलिमेटिक्स, लाइभ ट्रयाकिङ, जियो फेन्सिङलगायत सुविधा छन् । कार्यक्रममा अन्तर्राष्ट्रिय व्यापार, भारतका प्रमुख अजय मल्लिकले फर्मा ब्रान्ड र यसको भिजन मिसन प्रस्तुत गरे ।

आधिकारिक बिक्रेता कृषि समूह र यसको भगिनी संस्था सरोकार यती टेक्निकका फार्मका अध्यक्ष तेजविक्रम थापाले खेती किसानी गर्ने ग्राहकलाई सहज सुविधा दिन नेपालभर बिक्री र सेवा आउटलेट रहेको बताए ।

अर्थमन्त्री जनार्दन शर्माले फर्मा ट्रयाक्टर उद्घाटन गरेको कार्यक्रममा नाडा र अन्य संघ–संस्थाका पदाधिकारीको पनि सहभागिता थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्