ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

बैंक अफ काठमाण्डूले बोलायो साधारण सभा, १४ % लाभांश पारित हुँदै 

२०७८ मंसिर, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ३, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले २७औं वार्षिक साधारण सभा मंसिर २९ गते गर्ने भएको छ । 

कम्पनीले सभा बिहान १० बजे  नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुुने जानकारी दिएको छ ।सभाले १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

साथै सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, कम्पनीको सहायक कम्पनी बिओके क्यापिटल मार्केट लिमिटेडको आव २०७७/ ७८ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर १० गते देखि २९ गतेसम्म बन्द रहने पनि कम्पनीले बताएको छ । यस आधारमा मंसिर ९ गतेसम्म कायम शेयरधनीले  साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्