ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

साताको अन्तिम कारोबार दिन सुनको मूल्यमा झिनो गिरावट

२०७८ मंसिर, ३  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ३, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रवार पनि नेपाली बजारमा सुनको मूल्य सामान्य अंकले घटेको बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् बिहीवार रू. २०० ले बढेको सुनको मूल्य शुक्रवार रू. १०० घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू. ९४ हजार ४०० मा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९४ हजार ५०० मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू. १०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९३ हजार ९०० मा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू. ९४ हजारमा कारोबार भएको थियो ।

यस्तै, शुक्रवार चाँदीको मूल्य पनि घटेको छ । बिहीवार प्रतितोला रू. १ हजार २८० मा कारोबार भएको चाँदी शुक्रवार रू. ५ ले घटेर रू. १ हजार २७५ मूल्यमा किनबेच भइरहेको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्