ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

एनआईसी एशिया लघुवित्तको साधारण सभा आइतवार हुँदै

२०७८ मंसिर, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ३, काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा मंसिर ५ गते आइतवार हुने भएको छ ।

कम्पनीले सभा बिहान ९ बजे धरान ब्याक्वेंट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि सुनसरीमा हुने  जानकारी दिएको छ ।सभाले ५ दशमलव ४१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

त्यसैगरी सभाले कम्पनीको प्रबन्धपत्र र नियमावली समसामयिक थप संशोधन गर्ने, आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

साधारण सभा प्रयोजनको लागि कात्तिक २३ गतेदेखि मंसिर ५ गतेसम्म शेयरधनीदर्ता पुस्तिका बन्द रहेको छ । यस आधारमा कात्तिक २२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र नगद लाभांश पाउनेछन् । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्