ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

नेप्सेमा ग्रीन डेभलपमेण्ट बैंक र ङादी ग्रुप पावरको बोनस शेयर सूचीकृत

२०७८ मंसिर, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ३, काठमाडौं । दुई  ओटा अलग - अलग कम्पनीको बोनस शेयर शुक्रवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।

ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको १ लाख ९० हजार कित्ता शेयर सूचीकृत भएको छ । यसैगरी  ङादी ग्रुप पावर कम्पनी लिमिटेडको ११ लाख ७८ हजार २२१ कित्ता शेयर सूचीकृत भएको हो ।

अव यो बोनस शेयर हितग्राही खातामा आएपछिमात्र शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । ग्रीन डेभलपमेण्ट बैंकले २०७७ चैत २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ दशमलव ८ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो भने ङादी ग्रुप पावरले २०७८ असोज ३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको २० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्