ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

मध्य भोटेकोशीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

२०७८ मंसिर, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ३, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीले शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको  छ ।
 

बिहीवार मध्य भोटेकोशी जलविद्युत् कम्पनीको केन्द्रीय कार्यालयमा कम्पनी र क्यापिटल बीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको हो । उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोपाल शिवाकोटी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणि ढकालले हस्ताक्षर गरेका हुन् ।

धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारीलगायतका शेयरको लागत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु अवदेखि ग्लोबल आइएमई क्यापिटलमार्फत हुने कम्पनीले बताएको छ ।

कम्पनीले सर्वसाधारण समूहतर्फ छुट्याएको ४९ प्रतिशत शेयरमध्ये कर्मचारी सञ्चय कोषमा रकम सञ्चय गर्ने सञ्चयकर्ता कर्मचारीहरु,संस्थापक शेयरधनीहरु र ऋणदाता संस्था कर्मचारी कोषका कर्मचारीहरुलाई प्रथम चरणमा २४ प्रतिशत शेयर यस अघिनै निष्कासन गरी २०७५ पुस ५ गते बाँडफाँट गरिसकेको छ । 

यसैगरी कम्पनीले बाँकी २५ प्रतिशत शेयरमध्ये आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाका स्थानिय बासिन्दाहरुको लागि १० प्रतिशत अर्थात् रू. ६० करोड बराबरको ६० लाख कित्ता र सर्वसाधारणको लागि १५ प्रतिशत अर्थात् रू. ९० करोड बराबरको ९० लाख कित्ता शेयर हालै मात्रै सार्वजनिक निष्कासन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीको नेप्सेमा शेयर सूचीकरण प्रक्रियामा रहेको छ । 

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा निर्माणधीन १०२ मेगावट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीको अधिकृत चुक्तापूँजी रू. ६ अर्ब २१ करोड र जारी पूँजी रू.६ अर्ब रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्