ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

पर्वतमा १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन शुरु

२०७८ मंसिर, ३  
गण्डकी प्रदेश
Image Not Found

मंसिर ३, पर्वत । पर्वत जिल्लामा १८ वर्ष उमेरभन्दा माथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरिएको छ ।

यहाँका सातओटै स्थानीय तहका १८ वर्षदेखि ४५ वर्षसम्मका नागरिकलाई खोप लगाउने अभियान थालिएकोे हो । यसअघि ४५ वर्षभन्दा माथिका सबै नागरिकले दुवै मात्रा खोप पाइसकेका छन् ।

१८ देखि ४५ वर्ष उमेर समूहका सबै नागरिकलार्ई गत कात्तिक ३० गते देखिनै खोप लगाउन थालिएकोे स्वास्थ्य कार्यालयले जानकारी दिइएको छ ।

कार्यालयका अनुसार गत कात्तिक ३० र यही मंसिर १ गते महाशिलामा,  मंसिर २ र ३ गते फलेवास नगरपालिका, पैंयु गाउँपालिका र बिहादी गाउँपालिकामा, मंसिर ५ र ६ गते कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा तथा मंसिर ७ र ८ गते जलजला गाउँपालिकामा खोप लगाउने कार्यक्रम तय भएको छ ।

कार्यालयका निमित्त प्रमुख सन्तोष पौडेलका अनुसार यो उमेर समूहका सबै नागरिकलाई खोप लगाउन जिल्लामा ३५ हजार ८०० डोज भेरोसेल खोप आएको छ ।

उक्त डोजले सबै नागरिकले खोप लगाउन पाउने भएका छन् । यो पहिलो डोज रहेको र एक महिनापछि अर्को डोज दिइने पनि कार्यालयले जानकारी दिएको छ ।  

जिल्लामा १८ वर्ष माथिका कुल ९३ हजार जनसंख्यामध्ये अहिलेसम्म ४७ हजार १४६ ले खोप लगाइसकेको समेत कार्यालयले जानकारी दिएको छ । यही मंसिर ८ पछि १८ वर्ष माथिका सबै नागरिकले खोप पाइसक्ने पनि उनले बताए । खोप अभियान सबै पालिकाका सबै स्वास्थ्य चौकीमार्फत सञ्चालन गरिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्