ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति 

२०७८ मंसिर, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ३, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि मंसिर ३ गते धितोपत्र बोर्डबाट अनुमति पाएको हो । अनुमति पाएसँगै अब कम्पनीले रू. १०० अंकित दरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । 

कम्पनीले गत माघ १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १ : १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेर राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाएकोमा राष्ट्र बैंकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमति दिएको थियो ।
 

विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १३ करोड १२ लाख ३३ हजार रहेको छ ।  शतप्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पछि कम्पनीको  पूँजी रू. २६ करोड २४ लाख ६७ हजार पुग्नेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्