ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

थप २९६ मा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमणमुक्त हुने दर ९७.७ %

२०७८ मंसिर, ३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ३, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप २९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार दिएको जानकारी अनुसार उक्त अवधिमा २९६ जना संक्रमित थपिएका हुन्। सो अवधिमा ८ हजार ९७२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

उक्त अवधिमा ७ हजार ७७७ जनाको पीसीआर परीक्षण र १ हजार १९५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। मन्त्रालयका अनुसार हाल नेपालमा कोरोनाका ७ हजार ५३९ जना सक्रिय संक्रमित छन्।

यसैगरी उक्त अवधिमा कोरोना भाइरसको संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या नेपालमा ११ हजार ४९४ पुगेको छ।

त्यस्तै सो अवधिमा ३६९ जना कोरोना संक्रमणमुक्त भएका छन्। नेपालमा हाल संक्रमणमुक्त हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा १२० जना संक्रमित थपिएका छन्। 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्