ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

एनएमबि बैंकले रू. ३ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्कासन गर्न पायो स्वीकृति

२०७८ मंसिर, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ३, काठमाडौं । एनएमबि बैंकले रू. ३ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । 

उक्त ऋणपत्र निष्कासन गर्नका लागि कम्पनीले शुक्रवार धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो । अव स्वीकृति पाएसँगै कम्पनीले ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । 

कम्पनीले कुल ३५ लाख कित्ता ऋणपत्रमध्ये १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने २१ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।

 विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आगामी १५ वर्ष सम्मका लागि वार्षिक ४ प्रतिशत ब्याजदरमा एनएमबि इनर्जी बोण्ड नामक ऋणपत्र निष्कासन गर्न लागेको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्