ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

१८ औं हस्तकला व्यापार मेलाको बैंकिङ पार्टनर नबिल बैंक 

२०७८ मंसिर, ३  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ३, काठमाडौं । नबिल बैंक लिमिटेडले १८ औं हस्तकला व्यापार मेला र १६ औं हस्तकला प्रतियोगिताको बैंकिङ पार्टनरको रुपमा नेपाल हस्तकला महासंघसँग साझेदारी गरेको छ ।

नेपाल हस्तकला महासंघको आयोजनामा ३ मंसिर गतेदेखि ५ गतेसम्म हायात रिजेन्सी होटल काठमाडौंमा हस्तकला मेला आयोजना हुँदैछ ।

नबिल बैंकको तर्फबाट एसएमई तथा माइक्रो फाईनान्स प्रमुख निरज बस्नेत डनिल र नेपाल हस्तकला महासंघका तर्फबाट नेपाल हस्तकला महासंघका महानिर्देशक तारक थापाले उक्त साझेदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल हस्तकला महासंघसँगको सम्बन्धलाई निरन्तरता दिँदै यसवर्ष समेत नबिल बैंकले महासंघको यस कार्यक्रममा सहयोग तथा सहकार्य गर्ने निर्णय गरेको जानकारी दिएको छ । 

महासंघसँग बैंकको यो तेस्रो सहकार्य हुनाका साथै मेक इन नेपाल अन्तर्गत नेपाली उत्पादनलाई सहयोग एवम् प्रोत्साहन गर्ने नबिल बैंकको पहल तथा बैंकको दिगो बैंकिङ दृष्टिकोण अनुरुप यो साझेदारी गरिएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्