ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

२०७८ मंसिर, ३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ३, काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार रहेका  अन्दीराम इजम लिम्बूलाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ । 
 

ताप्लेजुङ फुलपिङ् नगरपालिका - ११ स्थायी ठेगाना भएका ४६ वर्षीय लिम्वुलाई प्रहरीले पक्राउ गरेको हो । उक्त मुद्दामा उच्च अदालत पाटनको २०७६ मंसिर १० गतेको आदेशले ५ दिन कैद र ३० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका लिम्बुलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले भक्तपुरको नयाँठिमीबाट पक्राउ गरेको हो । 

लिम्बुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई २०७४ पुस २८ गते सिद्धार्थ बैंक लिमिटेडको चेक काटी दिएको कसूरमा अदालतले उक्त फैसला गरेको थियो । अभियुक्तलाई फैसला कार्यान्यवनका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको उक्त ब्यूरोले बताएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्