ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

वीरगञ्ज–रक्सौल सीमालाई ‘ह्याप्पी बोर्डर’ बनाउन जोड 

२०७८ मंसिर, ४  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ४, वीरगञ्ज  । नेपाल र भारत बीचको वीरगञ्ज–रक्सौल सीमालाई ‘ह्याप्पी बोर्डर’ को रुपमा विकास गर्न सरोकारवालाले जोड दिएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघले शुक्रवार वीरगञ्जमा आयोजना गरेको अन्तरक्रियाका सहभागीहरूले यस्तो बताएका हुन् ।  नाकालाई ह्यापी बोर्डरको रुपमा परिणत गर्न बोर्डरदेखि २५–२५ किमीसम्मको क्षेत्रको भौतिक पूर्वाधारको स्तरोन्तनति र विस्तारको आवश्यकता औंल्याइएको छ । सीमाक्षेत्रका बासिन्दा र यहाँ आवागमन गर्ने पर्यटकलाई सहज हुने किसिमले पूर्वाधार र व्यवस्थापन मिलाइनुपर्ने बताइएको छ । 

कार्यक्रममा प्रदेश नं २ का उर्जा तथा खानेपानी विकासमन्त्री ओमप्रकाश शर्माले प्रदेश  सरकार सीमावर्ती क्षेत्रको सापेक्ष विकासका लागि सधैं तत्पर रहेको बताए । प्रदेश नं २ का आठ ओटै जिल्लाको भारतसँग जोडिएकाले पनि खुशीयालीयुक्त, व्यवस्थित र सुरक्षित सीमाक्षेत्र प्रदेश सरकारको प्राथमिकता भएको पनि मन्त्री शर्माले स्पष्ट पारे । 

सीमा क्षेत्रमा आवश्यक पूर्वाधार विस्तारका लागि सरकार, निजीक्षेत्र र समुदाय बीच सहकार्यको आश्यकतामा मन्त्री उनको जोड थियो । संघका अध्यक्ष सुवोधकुमार गुप्ताले वीरगञ्ज रक्सौल सीमानालाई ह्याप्पी बोर्डरको रुपमा विकास गर्न पूर्वाधार विकासमा जोड दिए । 

सीमामा रहेको नेपाल–भारत मितेरी पुललाई पर्यटकहरूको लागि आकर्षणको केन्द्रबिन्दुको बन्ने किसिमले ‘गेटवे पुल’को रुपमा व्यवस्थित गर्न आवश्यक रहेको अध्यक्ष गुप्ताले बताए । भारतको रक्सौल शहर तथा वरपरको क्षेत्रमा भौतिक पूर्वाधारको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै शहरी सडक, राजमार्ग निर्माण तथा स्तरोन्नतिको लागि पहल गर्न आग्रह पनि गरे । 

कार्यक्रममा भारतको मजफ्फरपुर संसदीय क्षेत्रका सांसद अजय निषादले नेपाल–भारत सीमाक्षेत्रको विकासका विषयलाई मूर्त रुप प्रदान गर्न आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा उठेका विकासका एजेण्डालाई भारतीय राज्य तथा केन्द्रीय सरकारलाई लिखित रुपमा पठाउने पनि उनले बताए । 

कार्यक्रममा बोर्डर फर मिडिया हार्मोनी भारतका अध्यक्ष अमरेन्द्र तिवारी, नेपाल–भारत सहयोग मञ्चका अध्यक्ष अशोककुमार वैद, संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष माधव राजपाल, सचिव आशीषकुमार लाठलगायतले नेपाल–भारत सीमावर्ती क्षेत्रको विकासको आवश्यकतामा जोड दिएका थिए । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्