ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

३२ ओटा स्थानमा ५० ओटा चार्जिङ स्टेसन निर्माण गर्ने तयारीमा विद्युत् प्राधिकरण

२०७८ मंसिर, ४  
समाचार
Image Not Found
सांकेतिक तस्वीर
author avatar अभियान संवाददाता

मंसिर ४, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्रमुख राजमार्गका ३२ ओटा स्थानमा ५० ओटा चार्जिङ स्टेसन बनाउन शुरु गरेको छ ।

एशियाली विकास बैङ्कको आर्थिक सहयोगमा  गत वर्षदेखि चार्जिङ स्टेसन निर्माण गर्न शुरु गरिएको हो । प्राधिकरणले विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन निर्माण गर्न लागेको हो । पूर्वपश्चिम राजमार्गका साथै, पृथ्वी, सिद्धार्थ, बीपी र मदन भण्डारी लगायतका राजमार्गमा चार्जिङ स्टेसन राखिनेछ । उक्त कार्य आगामी छ महीनामा सम्पन्न गरिने बताइएको छ ।

विद्युत् प्राधिकरणका अनुसार  चार्जर मेसिन खरीदको सम्झौता भइसकेको छ ।  विद्युतीय स्टेसनबाट कार आधा घण्टा र बस एक घन्टामा पूर्ण रूपमा चार्ज हुनेछ । स्टेसनमा १४२ किलोवाटको डीसी चार्जर राखिनेछ ।  एउटा चार्जिङ स्टेसन निर्माणको लागत करीब ८० लाख रुपैयाँ रहेको छ । प्राधिकरणका अनुसार पहिलो चरणमा काठमाडौं उपत्यकामा १० ओटा र बाँकी  अन्य प्रदेश तथा अन्य आवश्यक स्थानमा स्टेसन हुनेछन् ।

प्राधिकरण स्रोतका अनुसार चार्जिङ स्टेसन सञ्चालनमा आएपछि थप ७ हजार किलोवाट विद्युत् खपत हुने अनुमान छ । हाल सञ्चालनमा आएका निजीस्तरका विद्युतीय सवारीले आ–आफ्नै ग्यारेजमा चार्ज गर्दै आएका छन् ।

आर्थिक वर्ष २०७८/ ७९ को बजेटमार्फत् सरकारले विद्युतको आन्तरिक खपत वृद्धि गर्न तथा वातावरणमैत्री यातायातका साधनको प्रयोगलाई बढावा दिन विद्युतीय सवारी साधनको आयातमा अन्तःशुल्क पुरै खारेज गरी भन्सार महसुलसमेत उल्लेख्य मात्रामा घटाएको छ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्