ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

भारतमा एकै दिनमा थपिए १० हजार नयाँ संक्रमित     

२०७८ मंसिर, ४  
अन्तरराष्ट्रिय
Image Not Found

मंसिर ४,  नयाँदिल्ली । भारतमा कोनाभाइरसबाट पछिल्लो एक दिनमा थप १० हजार ३०२ जना संक्रमित भएका छन् ।     
     
सोही अवधिमा अरु २६७ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बताएको छ ।  नयाँ संक्रमितमध्ये आधाभन्दा बढी केरला प्रदेशका मात्रै रहेका छन् । मन्त्रालयका अनुसार केरलामा ५ हजार ७५४ नयाँ संक्रमित थपिएका हुन् । त्यसैगरी केरालामा मात्रै ४९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।     
     
भारतको केरलामा पछिल्लो समय कोरोना भाइरसको महामारीको प्रभाव सबैभन्दा धेरै परेको छ । यसअघि महाराष्ट्र प्रदेश र दिल्ली प्रदेश बढी प्रभावित भएका थिए । अहिले ती प्रदेशमा अति न्यून भएपनि केरलामा महामारी धेरै नै देखिएको छ ।     
     
भारतमा अहिले कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेकाको संख्या १ लाख २४ हजार ८६८ रहेको छ । यो संख्या कुल संक्रमित भएकामध्येको शून्य दशमलव ३६ प्रतिशत मात्रै हो ।     
     
सक्रिय संक्रमितको संख्या सन् २०२० को मार्च पछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीले बताएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ११ हजार ७८७ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् ।     
     
यसरी एकै समयमा नयाँ संक्रमितभन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै भएकाले संक्रमित अवस्थामै रहेकाको संख्या कम हुँदै गएको हो ।  भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाको संख्या ३  करोड ३९ लाख नौ हजार ७०८ रहेको मन्त्रालयले बताएको छ ।     
     
यो संख्या कुल संक्रमितमध्येको ९८ दशमलव २९ प्रतिशत हो । यो पनि सन् २०२० को मार्च पछिकै सबैभन्दा धेरै भएको मन्त्रालयका अधिकारीको भनाइ छ । रासस/  एएनआई

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्