ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

२४२ जनामा कोरोना संक्रमण पुष्टि, ४४४ जना संक्रमणमुक्त  

२०७८ मंसिर, ४  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ४, काठमाडौं । नेपालमा विगत २४ घण्टामा २४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार उक्त अवधिमा ४ हजार १४५ ओटा पीसीआर परीक्षण गरिएकामा २०९ जना र २ हजार ९९१  ओटा एन्टिजेन परीक्षण गरिएकोमा ३३ जना गरी  कुल २४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार  उक्त अवधिमा ४४४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्  । उक्त अवधिमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४९५ पुगेको छ ।

मन्त्रालयका अनुसार मुलुकभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७ हजार ३०३ रहेको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्