ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

पञ्चेश्वरका सडकमा मनपरि भाडादर, थाहा पाएर पनि उजुरी गर्दैनन् यात्रु

२०७८ मंसिर, ४  
सुदूरपश्चिम प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ४, बैतडी । बैतडीका सबै स्थानीयतहले सडक निर्माण गर्न प्रतिस्पर्धा गरिरहेका छन् ।

सबै स्थानीयतहले कच्ची सडक निर्माण गरेका छन् । निर्माण गरिएका यी सडकमा यातायातका साधनले यात्रुहरुबाट मनपरि भाडा असुल्ने गर्दछन् । 

यात्रुहरुलाई मनपरि भाडा असुलेको थाहा हुँदापनि सम्बन्धित निकायसम्म भने उजुरी गर्दैनन् । यातायात समितिमा दर्ता भएका सवारी साधन हुन या दर्ता नभएका सवारीसाधन सबैले आफूखुसी भाडालिने गरेको यात्रुले गुनासो गरेका छन् । 

जिल्लाको पाटनदेखि कुलाउँसम्म निर्माण गरिएको पाटन पञ्चेश्वर सडक खण्डमा पनि मनपरि भाडा दिने गरेको यात्रुहरुको गुनासो बढिरहेको छ । सडक विभाग र बस व्यवसायि समितिले पाटन पञ्चेश्वर सडकमा पाटनदेखि मेलौली सम्ममात्र बस चल्ने अनुमती दिएको भएपनि बस व्यवसायिले आफ्नो जिम्मेवारीमा मेलौलीदेखि कुलाउँसम्म पनि बस सञ्चलान गरिरहेका छन् । यसरी अनुमती नदिएको सडकमा यातायात सञ्चालन गर्दा कुनै दूर्घटना हुँदा यात्रुले समितिबाट क्षतीपूर्ती पाउदैनन् ।

पाटनदेखि मेलौलीसम्म ३८ किलोमिटर सडक छ, जो कालोपत्र हुँदैछ । मेलौलीदेखि कुलाउँसम्म ४५ किमि कच्ची सडक छ । यस सडक खण्डमा बस सँगसँगै जीप पनि सञ्चालनमा रहेका छन् । घेरैजसो जीप व्यवसायिले रातो नम्बरप्लेट लगाएर यात्रुहरुलाई बोक्ने गर्दछन् ।

पाटनदेखि मेलौलीसम्म बसले ३५० रुपैयाँ लिन्छन् भने जीपहरुले ४०० रुपैयाँ लिने गरेका छन् । मेलौलीदेखि कुलाउँसम्म भने ५०० रुपैयाँ भाडा लिने गरेका छन् ।  ५०० रुपैयाँमा पनि विभिन्न बहाना गरेर बढी भाडा असुल्ने गर्दन् । यात्रु छैनन् कम यात्रुमा जादैनौ भनी जानेनै भए ५०० रुपैयाँ भन्दा बढि दिनु पर्छ भनी बढि असुल्ने गर्दछन् ।

पाटन पञ्चेश्वर सडकमा यातायात समितिमा दार्ता नभएका र निजी प्रयोगका लागि किनिएका रोतो नम्बर पलेटका जीपहरुलेनै मनपरि भाडा असुल्ने गर्दछन् । यस्तै अनुमति नपाएको सडकमा सञ्चालन गरिने बसहरुले पनि मनपरि भाडानै लिने गरेको पाईन्छ ।

यतायात सञ्चालनको पनि कुनै समयतालिका छैन् जसले यात्रु पायो त्यसैले सञ्चालन गर्ने हुँदा पनि मनपरि भाडा असुल्ने गरेका छन् । एक वर्ष अगाडि जिल्ला प्रशासनमा यातायात व्यवसायिको बैठक बसी भाडा निर्धारण गरिएको  थियो ।

बैठकले पक्की सडकमा प्रतिकिलोमिटर साढे तीन रुपैयाँ र कच्ची सडकमा प्रतिकिलोमिटर साढे सात रुपैयाँका दरले भाडा लिने र प्रत्येक सवारी साधनमा भाडादर उल्लेख गरेको रेटलिष्ट लगाउने सहमती भएको थियो । यसै अनुसारको भाडामा अहिले सरकारले बढाएको २८ प्रतिशत भाडा जोडेर लिनु पर्ने भएमा पनि यसको कुनै प्रवाह नै नगरी मनपरि तरिकाले भाडा लिइरहेका छन् । 

पाटनदेखि कुलाउँसम्म चल्ने वीसभन्दा बढि जीप भएपनि समितिमा दुई/ तीन ओटा मात्र दर्ता रहेको समितिले बताएको छ । यस सडकमा पवनदुत र महाकाली यातायात प्रालिले मात्र बस सञ्चालन गरेको छ । पाटन पञ्चेश्वर सडक खण्डामा मात्र नभई जिल्लाका अरु ग्रामीण सडकमा पनि यस्तै मनपरी भाडा लिने गरेको पाईन्छ ।

यात्रुहरु भाडा मनपरितरिकाले लिरहेका छन् भन्ने गुनासो एक आपसमा गर्ने भएपनि उजुरी नगरेको प्रहरीको भनाइ छ । अहिलेसम्म कुनैपनि यात्रुले आफूहरुसँग गुनासो नगरेको यातायात समितिले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्