ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

सुर्खेतमा खसीको मासुको मूल्य बढ्यो

२०७८ मंसिर, ५  
कर्णाली प्रदेश
Image Not Found

मंसिर ५, सुर्खेत । सुर्खेतमा खसीको मासुको मूल्य बढेको छ । प्रतिकेजी रू. ८०० मा किनबेच हुँदै आएको खसीबोकाको मासुको मूल्य बढाएर रू.  ९०० पुर्‍याइएको सुर्खेत मासु व्यवसायी संघले जानकारी दिएको छ । यो मूल्य आज (आइतवार) देखि लागू हुनेछ ।

संघका अध्यक्ष टोपेन्द्रजङ्ग शाहीले सुर्खेतबाट नेपालगञ्ज, बुटवल, भैरहवा, पोखरा, काठमाडौंलगायतका ठूला सहरमा खसीबोका निर्यात हुन थालेपछि मूल्य बढाउनुपरेको बताए । मूल्य समायोजनका लागि अब खसीबोकाको मासु प्रतिकेजीमा रू. १०० बढाइएको उनको भनाइ छ ।

‘किसानले बढी मूल्य पाएपछि जिल्ला बाहिर निर्यात गर्न थाले, जिउँदो खसीबोका प्रतिकेजी रू. ५५० सम्म खरीद गर्नुपरेको छ’, वीरेन्द्रनगरका मासु व्यवसायी जनक थापाले भने, ‘खसीबोकामा अभाव देखियो, बढी मूल्य तिरेर खरीद गर्नुपर्दा मूल्य बढाउनुको विकल्प रहेन ।’ जिल्लास्थित सरोकारवाला तथा उपभोक्ता अधिकारकर्मीलाई जानकारी गराएर मूल्यवृद्धि गरिएको संघले जानकारी दिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्