ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

फर्स्ट माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन

२०७८ मंसिर, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ५, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतवार फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ९२१ दशमलव ८२ तोकेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात बिहीवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार १४ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ आइतवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी मंसिर १६ गते साधारण सभा बोलाएको छ । सभा अम्रपाली ब्यांक्वेट, भाटभटेनीमा साधारण सभा आयोजना गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्