ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

ग्लोबल आइएमई लघुवित्तको नवौं साधारण सभा मंसिर २८ गते, २८% लाभांशको प्रस्ताव

२०७८ मंसिर, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ५, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा मंसिर २८ गते हुने भएको छ ।

सभा होटल पोखरा ग्राण्ड, पार्दी, पोखरामा बिहान १० बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले सञ्चालक समितिबाट सिफारिस भए बमोजिम आर्थिक वर्ष २०७७/७८ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई २८ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने, अन्य कुनै लघुवित्तसँग मर्जर वा प्राप्ति गर्नु परेमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु सभाका लागि तय भएका छन् ।

साधारण सभा र लाभांश प्रयोजनका लागि मंसिर १४ गते (एक दिन) बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा मंसिर १३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्